विमानको आकस्मिक अवतरणपछि पाइलटको मृत्यु « Khabarhub

विमानको आकस्मिक अवतरणपछि पाइलटको मृत्यु


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकर्ता– इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ ।

चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो । सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ ।

सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, “पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तराट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए भने उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ ।”

उनको के कारणले निधन भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन ।

उनले भने, दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ः०० बजे उडिरहेको उडान नम्बर क्यूजी–३०७ को विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो ।

मृतक विमान चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी उडाइनेछ भन्दै उनले पाइलटको परिवारलाई समवेदना व्यक्त गरे ।

स्थानीय सञ्चार माध्यमका अनुसार सिटिलिङ्कका अधिकारीहरूले यात्रुहरूलाई विमानलाई आकस्मिक अवतरण गर्नुपरेको कारण प्रस्ट पार्दै अर्को उडानको व्यवस्था गरेका थिए ।

उक्त विमानको सम्पुर्ण चालक दलका सदस्यहरूलाई आराम गर्न दिई अर्को समूहलाई उडानका लागि खटाइएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : २२ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी