पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किदा एकको मृत्यु, १४ जना घाइते « Khabarhub

पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किदा एकको मृत्यु, १४ जना घाइते


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र माइक्रो ठोक्किदा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

पहिचान नखुलेको अन्दाजी ३६ वर्षको पुरुषको चितवन मेडिकल कलेजमा आज साँझ ७ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

काठमाडौंबाट बझाङतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बस र बुटवलबाट काठमाण्डौ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो आज साँझ ५ः२० बजेको समयमा ठोक्किदा १४ जना घाइते भएका थिए ।

माइक्रोमा सवार गुल्मी तम्घास नगरपालिका–१ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देही देवदह नगरपालिका–६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरी हरिनगर गाउँपालिका–५ बस्ने वर्ष ४३ को प्रकाश कुमार मेहेताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

माइक्रो चालक रुपन्देही बुटवल उप–महानगरपालिका–२ बस्ने वर्ष २५ को कमल दर्जी, माइक्रो साहु नवलपरासी सुनौल नगरपालिका–७ बस्ने वर्ष ३० को कृष्ण बहादुर राक्स्य, चितवान भरतपुर महानगरपालिका–११ भोजाड बस्ने वर्ष ३७ को शुसिला पौड्याल, उनकी छोरी वर्ष १२ की दिप शिखा पौड्याल, छोरा वर्ष १० को दिप्सन पौड्यालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।

त्यस्तै, नवलपुर गैडाकोट नगरपालिका–२ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने गाउँपालिका–६ बस्ने वर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी मध्यबिन्दु नगरपालिका–११ बस्ने वर्ष ३४ को बाबुराम परियार, देवदह नगरपालिका–२ बस्ने वर्ष २२ को शिब सारु र गैडाकोट–२ बस्ने वर्ष १२ की नुतन ढकालको पनि सोहि कलेजमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : ४६ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने