लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गरेको आरोपमा ट्याक्सी चालक पक्राउ « Khabarhub

लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गरेको आरोपमा ट्याक्सी चालक पक्राउ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो । उनीमाथि आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्यक्तिको फोटो राखी म्यासेन्जरमार्फत उनका साथीहरुसँग कुराकानी गरी पैसासमेत मागेको खुलेको छ । उनले पीडितको बारेमा अफवाहसमेत फैलाएको पाइएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ११ : ०४ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने