रियल मड्रिडको दोस्रो जित « Khabarhub

रियल मड्रिडको दोस्रो जित


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ।

रियलले शनिबार रातिको खेलमा सेल्टा भिगोलाई ४–१ अन्तरले पराजित गरेको हो। करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर, लागो आसपासले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए। दुबै गोल पेनाल्टीमा भएको थियो।

यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे। यसपछि भिनिसिअस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे।

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो। तर इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके। उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन्। यस सिजन रियलले तीन खेलमा तीन नै जितेको छ। दुई खेल ला लिगामा। यससंगै रियल ला लिगाको शीर्ष स्थानमा छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ३५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।