प्रदीप गिरीको निधनप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त « Khabarhub

प्रदीप गिरीको निधनप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

प्रचण्डले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताएका हुन्।

गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि जनाएका छन् ।

शनिबारमात्रै प्रचण्डले गिरी उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए । नेता गिरीको शनिबार राति निधन भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ५४ बजे

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक