सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद « Khabarhub

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।   जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान  २४० केजी गाँजा बरामद गरेको छ।

नेपालबाट अवैध रूपमा लुकाई भारत तर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेको हो । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेकाे कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाकाे आधारमा  गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

उनले भने,´ पछिल्लो समय प्रदेश न. १ को सुनसरी र प्रदेश न.२ को सप्तरीमा अवैध गाँजा तस्करहरू सक्रिय रहेको अवस्थामा सीमावर्ती नाकामा चेकजाँचमा कडाइ गरेपछि उक्त ठूलो परिमाणमा  गाँजा बरामद भएको हो।

पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसी ब्यारेजबाट झन्डै तीन पटक गरी कुल ४९० किलो गाँजा  बरामद  गरेको हो।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ५८ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको