दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की « Khabarhub

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा- नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् । सुनसरीको वराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आएका उनले  सो कुरा बताएका हुन्।

मन्त्री कार्कीले  कोसी कटानबाट क्षति भएको  क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समाधानका लागि योजना बनाउन लागिपरेको बताए। सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अब दीर्घकालिनरुपमा समाधान गर्न सरकारले योजना बनाएर अघि बढ्ने उनले जानकारी गराए।

बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै  कटानसमेत गर्ने गरेको र  त्यसबाट सयौँको सङ्ख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समाधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरे।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ३३ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको