नेप्से परिसूचकमा गिरावट « Khabarhub

नेप्से परिसूचकमा गिरावट


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव  ५८ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता शेयर रु दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बैंकिङ एक दशमलव शून्य चार, होटल तथा पर्यटन २९ दशमलव ५६, निर्जीवन बीमा आठ दशमलव तीन र उत्पादन २२ दशमलव ७८ अङ्कले उकालो लागे ।

यस्तै, व्यापार ४१ दशमलव १५, विकास बैंक ३५ दशमलव दुई, जलविद्युत् २८ दशमलव ७८, वित्त १६ दशमलव नौ, अन्य २५ दशमलव ९६, लघुवित्त सात दशमलव ७१, जीवन बीमा ३७ दशमलव शून्य दुई, सामूहिक लगानी कोष शून्य दशमलव शून्य नौ र लगानी शून्य दशमलव ५३ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड २८ लाख ५० हजार नौ सय ६८ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु १० करोड २५ हजार सात सय दुई, नेष्डो समृद्ध लघुवित्त रु सात करोड ५१ लाख ३१ हजार ७८७, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५४ लाख ३५ हजार एक सय पाँच र हिमालयन डिस्टिलरी रु चार करोड ७७ लाख १० हजार आठ सय ९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी नौ दशमलव ९८, एनएमबी (पचास) चार, श्वेतगङ्गा हाइड्रोपावर तीन दशमलव ५६ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले तीन दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै, रिभर फल्स पावर पाँच दशमलव १९, हिमालयन हाइड्रोपावर पाँच दशमलव शून्य सात, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ५३, एनआइसी एशिया फण्ड चार दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : ५८ बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा