चीनमा भारी वर्षाका कारण आएको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो « Khabarhub

चीनमा भारी वर्षाका कारण आएको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाढी र आँधीबाट अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

राति १०ः२५ बजेबाट शुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई बाढी गाउँ प्रवेश गरेको थियो ।

यसअघि बेपत्ता भएका २३ जनाको पनि उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालु भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ३७ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको