अदालतबाट रु १२ लाख जरिवना ठहर भएका थापा पक्राउ « Khabarhub

अदालतबाट रु १२ लाख जरिवना ठहर भएका थापा पक्राउ


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले अदालतबाट रु १२ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआइसी एसिया बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन् ।

थापालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : ५३ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको