सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै « Khabarhub

सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदलसहित शीर्ष नेताको बैठक बस्दैछ।

मंगलबार बिहान र साँझ भएको छलफल निष्कर्ष विहीन भए पछि आज थप छलफल गर्ने गरी बैठक सकिएको थियो।

कार्यदलका सदस्य हिमलाल पुरीले आज बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका छन्।

प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी सत्ता गठबन्धनको छ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन्।

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका हुन्।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ४० बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०