राष्ट्रपतिकाे कदमप्रति उपराष्ट्रपति असन्तुष्ट | Khabarhub Khabarhub

राष्ट्रपतिकाे कदमप्रति उपराष्ट्रपति असन्तुष्ट

'संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन'


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् ।

‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो,’ उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’

विज्ञप्तिमा उनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यही असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गरेका छन् । उक्त सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको उनले स्मरण गरेका छन् ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ४० बजे

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौं- काठमाडौं महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ

जनकपुरधाम- सोमबार बिहानै ४ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

तुलसीपुर– घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको

एन्फासँग वार्ता गर्न पुगे खेलाडी,  प्रत्यक्ष प्रसारण गर्नुपर्ने अडान (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा 

काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स)का लागि आजबाट लिखित