६ वर्षे बाढीपीडित बालिकाको भोकमरीबाट मृत्यु भएपछि पाकिस्तानमा प्रदर्शन « Khabarhub

६ वर्षे बाढीपीडित बालिकाको भोकमरीबाट मृत्यु भएपछि पाकिस्तानमा प्रदर्शन


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढी प्रभावित पाकिस्तानमा भोकमरीका कारण एकजना ६ वर्षे बालिकाको मृत्यु भएपछि आक्रोशित बाढीपीडितले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तस्थित पटनी जिल्लामा निर्माण गरिएको अस्थायी शिविरमा ६ वर्षे बालिकाको भोकमरीका कारण मृत्यु भएको बताइएको छ ।

बालिकाको मृत्यु भएपछि सिन्धको सुक्कुर जिल्लामा बाढीपीडितले सरकारविरुद्ध प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार अधिकारीले खाना र सहायता सामग्री उपलब्ध नगराएका कारण ती बालिकाको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।

बाढीले सबै सामान बगाएपछि पीडितहरु ज्याकोबावाद सहरबाट सुक्करमा आएको डनले जनाएको छ ।

‘अधिकारीहरु तथ्यांकमात्रै संकलन गर्न आए, तर उनीहरुमध्ये कसैले पनि यहाँ खाना, पाल, लामखुट्टेविरुद्धको झुल र अरु आवश्यक सामान ल्याएनन् ।’ प्रदर्शनकारीालाई उद्धृत गर्दै डनले जनाएको छ ।

यसबाहेक कुनै पनि चिकित्सक विस्थापित शिविरमा आएर कसैको पनि स्वास्थ्य जाँच नगरेको प्रदर्शनकारीको आरोप छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ०८ बजे

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र