अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन « Khabarhub

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ।

राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापारबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुनेगरी ३५ दिने समयसीमा तोकेको हो।

अलपत्र योजनाका कामहरु ३५ दिनभित्र पुनः सुरु नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालो सूचिमा राख्ने लगायतका कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

“राज्यले करोडौंको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज्यलाई ठगी गर्ने कसैलाई पनि छुट छैन”, उनले भने, “निर्माण व्यवसायीका कारण यो नगरपालिकालाई गैरजिम्मेवार बनाउने प्रयास भएको हाम्रो ठहर छ। संयमता पूर्वक गरिएको आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितिको आयोजना व्यवस्थापन गर्ने निकाय र निर्माण कम्पनीले व्यहोर्नुपर्नेछ।”

नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र निर्माणाधीन, अधुरा र अलपत्र रहेको १७ वटा योजनाहरुको विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। नगरप्रमुख भट्टराईले सार्वजनिक गरेको विवरण अनुसार हुर्लुङ–जालपा सडक ग्राभेल, महुरे–फोक्सिङटार सडक अन्तर्गत नुनथलाको महुरेदेखि राजापानीको सिम्पानी सडक कालोपत्र, अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नति, साप्सुखोला दुबे ग्राभेल सडक र छेपेखोला पक्की पुलको काम अलपत्र छ।

दोर्पाको पङ्खुखोला पुल, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक ढलान/कालेपत्र, भुते–आयुर्वेद सडक स्तरोन्नति, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति, हाँटडाँडा काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नति, भालुखोला र मेवाखेला पुल, दिक्तेलबजार ढलान लगायतका काम पनि अलपत्र छ। जिल्ला अस्पताल नयाँ भवन निर्माण, महुरेगढी बहुप्राविधिक शिक्षालयको दुई तले प्रशासनिक भवन, तीनतले प्राविधिक भवन, विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन निर्माणको काम अपूरो छ।

प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाबाटै सञ्चालन गर्नेगरी माटिकोरे खेलमैदान निर्माणको काम नै सुरु भएको छैन। गत वैशाख–२९ गतेदेखि शुरु भइ १८ महिनामा खेलमैदान निर्माणको काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म सुरु नभएको हो।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकामा जनप्रतिनिधिको भूमिका सक्रिय नभएको गुनासो आउन थालेको छ। अस्तव्यस्त अवस्थामा रहेको यातायात व्यवस्थापन, बिचौलिया तथा कालोबजारी नियन्त्रण लगायतमा जनप्रतिनिधिको कुनै भूमिका नदेखिको आरोप आउन थालेको हो।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ३४ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा