ओमान र बहराइनका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

ओमान र बहराइनका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र



दोहा – ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र बहराइन अधिराज्यका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले त्यहाँको सरकारलाई ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानका राजा सुल्तान हाइथम बिन तारिक समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राजदरबारमा आगमनसँगै राजदूत अर्याललाई सलामी दिइनुको साथै नेपालको राष्ट्रिय गान बजाइएको थियो ।

ओहोदाको प्रमाणपत्र बुझाए पश्चात् सुल्तान हाइथम बिन तारिक र राजदूत अर्यालबीच भएको छोटो भेटवार्तामा राजदूत अर्यालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट सुल्तानको व्यक्तिगत सुस्वास्थ्य तथा खुसीका साथै समग्र ओमानी जनताको शान्ति, प्रगति एवम् समृद्धिको शुभकामना सन्देश व्यक्त गरेका थिए ।

राजदूत अर्यालले नेपाल र ओमानबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धबारे उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो र अझ प्रगाढ बनाउने तर्फ आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा उनले नेपालको रणनीतिक अवस्थितिको महत्त्वबारे चर्चा गर्दै त्यसले नेपालमा व्यापार, पर्यटन तथा लगानीका लागि प्रचुर सम्भावनालाई थप बढाएको बताएका थिए। साथै राजदूत अर्यालले नेपालको वर्तमान नीति तथा योजनाहरू पनि देशको सामाजिक-आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखेर तय गरिएको बताएका थिए ।

सुल्तान हाइथम बिन तारिकले राजदूत अर्याललाई नेपालको राजदूतको रूपमा ओमानमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा ‌ओमानका परराष्ट्र मन्त्री, राजदरबार मामिला सम्बन्धी मन्त्री, राजदरबार सुरक्षा प्रमुख, राजदरबारका शिष्टाचार महापाल तथा राजदूतकी श्रीमती स्वदेश अर्याल र नेपाली दूतावास, मस्कटका कर्मचारीहरू उपस्थित रहेको थियो ।

यसैगरी, बहराइन लागि नेपाली राजदूत तीर्थराज वाग्लेले बुधबार बहराइनको सखीर राजदरबारमा आयोजित एक विशेष समारोहका बीच बहराइनका राजा हमाद बिन इसा अल खलिफा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसअघि त्यहाँका परराष्ट्र मन्त्री डा. अब्दुललातिफ बिन राशिद अलजायनीसँग पनि राजदूत वाग्लेले शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच भएको भेटमा दुई देशको कूटनैतिक, आर्थिक विकास, पर्यटन तथा श्रम सम्बन्धका विषयमा छलफल भएको थियो ।

साथै, आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा कुराकानी भएको थियो । राजदूत वाग्ले आफ्नो कार्यभार सम्हाल्न गत साउन १६ गते (१ अगष्ट) बहराइन पुगेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ०१ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक