काठमाडौं–७ मा पुगेर प्रचण्डले गरे मानुषीको प्रश‌ंसा « Khabarhub

काठमाडौं–७ मा पुगेर प्रचण्डले गरे मानुषीको प्रश‌ंसा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहयात्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भएको बताएका छन् ।

काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार मानुषीको चुनाव क्षेत्रमै आयोजित शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको भन्दै प्रशंसा गरेका हुन्।

‘मानुषी बौद्धिक, इनर्जेटिक र डाइनामिक मान्छे भएकाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका हुनसक्छ। म बच्चैदेखि मानुषीलाई चिन्छु। उहाँमा समर्पित भएर मिहिनेत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’ उनले भने।

उनी माओवादी केन्द्रकै चुनाव चिह्न लिएर यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी छन्।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५५ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।