भाइ मसलाको मूल्य बढ्याे « Khabarhub

भाइ मसलाको मूल्य बढ्याे


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- तिहारमा बढी खपत हुने मसलामध्ये काजुको भाउ गत वर्षको तुलनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ। गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भएको काजुको भाउ अहिले खुद्रामा १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म पर्छ । पेस्ता प्रतिकिलो २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ ।

सुकुमेलको मूल्य भने गत वर्षको तुलनामा १२ सय रुपैयाँ घटेको छ । गत वर्षको तिहारमा प्रतिकिलो ४ हजार २ सय रुपैयाँसम्म पुगेको सुकुमेलको भाउ यसपालि प्रतिकिलो ३ हजार रुपैयाँमा आइपुगेको छ ।

अन्जिर प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र खुर्पानी प्रतिकिलो ७ सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्म पर्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठको भनाई छ ।

बदाम प्रतिकिलो १ हजार २५० रुपियाँदेखि १ हजार ३५० रुपैयाँसम्म, किसमिस ५ रुपैयाँ प्रतिकिलोदेखि ६ सय रुपैयाँसम्म र नरिवल प्रतिकिलो ५५० रुपैयाँमा बिक्री हुँदै आएको श्रेष्ठले बताए।

तिहारमा समान्यतया, ‘ड्राईफ्रुट्स’ प्रयोग हुने र ड्राईफ्रुट्सको आयात डलरमा हुने भएकाले पनि तिहारमा भाइमसलाका रूपमा प्रयोग हुने बस्तुको भाउ बढेको व्यवसायीहरूको भनाइ छ ।

अहिले डलरको भाउ बढेकाले भाइमसलाका रूपमा प्रयोग हुने बस्तु आयात गर्दा डलरमै पैसा तिर्नुपर्ने भएकाले अहिले भाइमसलाको भाउ बढेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : २० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको