राजु गुरुङको मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा « Khabarhub

राजु गुरुङको मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुपन्देही २ बाट एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको मुद्दा शुक्रबार संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । गुरुङको मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा सुनुवाइ हुने भएको भएको छ ।

चेक अनादर र उनको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै रुपन्देही २ को निर्वाचन अधिकृत कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले उनको मुद्दामा अल्पकालीन आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न आदेश दिएको थियो । सोअनुसार निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी कायम राख्ने निर्णय गरेको थियो ।

रुपन्देही २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । गुरुङ सत्तागठबन्धनका साझा उम्मेदवार हुन् । यदि गुरुङको उम्मेदवारी खारेज भएमा पौडेलको जित सुनिश्चित हुने देखिन्छ । तर, उजुरी नै नपरीकन निर्वाचन अधिकृत घनश्याम गौतमले मध्यराति उम्मेदवारी खारेज गरेको भन्दै बद्नियत देखिएको एकीकृत समाजवादीले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ५९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान