'पूर्व प्रधानमन्त्रीहरूले लर्को लागेर संसदमा जान छाड्नु पर्छ' | Khabarhub Khabarhub

‘पूर्व प्रधानमन्त्रीहरूले लर्को लागेर संसदमा जान छाड्नु पर्छ’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीहरूले संसद्मा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन् । शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद् भन्दा बाहिर बसेको पनि बताए ।

भट्टराईले बहुदलीय व्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान् हुने बताए । शान्ति प्रक्रियामा आएपछि पहिलो पटक संघीय संसद्मा निर्वाचन नलडेका पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले काठमाडौं-७ बाट निर्वाचन लडिरहेकी छोरीलाई भोट माग्दै पूर्व प्रधानमन्त्रीहरूले पनि संसद्मा जान छाडेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने धारणा राखे ।

‘पदमा बसेर मात्रै मान्छे महान् हुँदैन भन्ने गणेशमानजीको त्यागले देखाइसकेको छ, अब हाम्रो पुस्ता लोभ लालचले बस्नु हुँदैन,’ भट्टराईले भने, ‘हामी चार-पाँचजना पूर्व प्रधानमन्त्री भइसकेको मान्छे संसद्मा लर्को लागेर जान हुन्न, स्थिर सरकार दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’

भट्टराईले सत्ता गठबन्धनका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिएर आफूले संसदीय निर्वाचन नलड्ने निर्णय लिएकोसमेत बताए । ‘मैले शेरबहादुरजी, प्रचण्डजी, माधवकुमार नेपालजीसँग छलफल गरेर नै यो यो  निर्णय गरेको हुँ,’ भट्टराईले भने । सत्ता गठबन्धन आवद्ध दलले काठमाडौं-७ मा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ४० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय