एक खर्ब ८७ अर्ब बराबरको विप्रेषण भित्रियो « Khabarhub

एक खर्ब ८७ अर्ब बराबरको विप्रेषण भित्रियो


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव तीन प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु दुई खर्ब छ अर्ब ४६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : २४ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा