पहिरो पन्छाउने काम तीव्र गतिमा « Khabarhub

पहिरो पन्छाउने काम तीव्र गतिमा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थलमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, स्थानीय तह र सडक डिभिजन कार्यालयका प्रतिनिधि राजमार्गको पहिरो हटाउन रातदिन सडकमै रहेर तीव्र गतिमा काम गरिरहेको कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । 

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ । जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

अविरल वर्षाको बाढीपहिरोले कर्णाली राजमार्ग छेदविच्छेद भएको थियो । पहिरो पन्छाउने काम निरन्तर चलिरहेको छ । सुर्खेतदेखि कालीकोटको शेराबाडासम्म सवारी साधन सहजरूपमा चलिरहेका छन् । कार्यालय प्रमुख श्रेष्ठले भने, ‘झन्डै १५ देखि २० डोजर पहिरो पन्छाउन काममा प्रयोग गरिएको छ ।’

ठूलाठूला ढुङ्गाको पहिरो आएकाले ब्लास्ट गर्ने काम पनि भइरहेको छ । प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र नेपाली सेनाको सक्रियतामा सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । नाग्म-गमगढी राजमार्गको जम्मा ९३ किलोमिटरमध्ये १३ किलोमिटरभित्रको पहिरो हटाउन काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ३२ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६