अवैध लागूऔषधसहित ८ जना पक्राउ  | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित ८ जना पक्राउ 


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–८ बाट चार ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय आतिस राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलालीको गोदावरी नगरपालिका–९ शेरीबाट २५ ग्राम हिरोईनसहित सोही ठाउँ बस्ने खगेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हिरोईनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय समिर बिक समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ९ सय  ट्याब्लेट, नाइट्रोजन ३ सय ट्याब्लेट र एग्जिपलोन  १ सय एमएलको ५० बोतल सहित औरही गाउँपालिका–२ बस्ने ४० वर्षीय रंजित कुमार मण्डल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बीआर ३२ आर ४४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल, फेनारागन ४६ एम्पुल र नगद २३ हजार रुपैयाँ सहित कास्की जिल्ला पोखरा महानगरपालिका–१९ बस्ने २६ वर्षीया सन्तु घर्ती मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : १५ बजे

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।