जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । 

चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

कैलालीको टिकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ४१ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह