ऐनबहादुर महरलाई चौबीस घण्टे स्पष्टीकरण « Khabarhub

ऐनबहादुर महरलाई चौबीस घण्टे स्पष्टीकरण


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार ४१ हजार रुपैयाँ प्रदान गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । 

आयोगले महरलाई पठाएको पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ कुरा स्मरण गराएको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन वा बुथ खर्च दिन वा घोषणा गर्न नहुने’ व्यवस्था छ । 

‘उल्लेखित कानूनी व्यवस्था अनुसार तपाईँबाट भएको भनिएको पुरस्कार स्वरुप नगद वितरण गर्ने कार्य निर्वाचन आचारसंहिता प्रतिकूल देखिन्छ,’ आयोगको स्पष्टीकरण पत्रमा उल्लेख छ । 

आयोगको पत्रमा भनिएको छ, ‘तपाईँबाट पुरस्कार स्वरुप नगद वितरण भएको बारे के कसो भएको हो रु यदि तपाईँबाट नगद वितरण कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिम किन कारबाही हुनु नपर्ने हो ? 

आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घन्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न महरलाई भनेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : २३ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन