तिब्बतमा चीनको ‘डिएनए आतंक’ « Khabarhub

तिब्बतमा चीनको ‘डिएनए आतंक’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत महिना ह्युमन राइट्स वाचले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले स्वशासित क्षेत्र तिब्बतमा निगरानी गतिविधिलाई अनपेक्षित स्तरमा जारी राखेको खुलासा भएको थियो । यसअघि सिन्जियाङ प्रान्तका उइगुर मुसलमानहको डीएनएको पहिचान गरी निगरानी गरिने जानकारीमा आएको भएपनि तिब्बतमा पनि चीनले यस्तो गतिविधि गरिरहेकोबारे भने पछिल्लो पटक सार्वजनिक भएको हो ।

विदेशमा रहेका तिब्बतीका आफन्तलाई डीएनएको माध्यमबाट पहिचान गरी निशाना बनाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतीहरुको डीएनए संकलन गरेको बताइएको छ ।

तिब्बती र उइगुर मुसलमानको डीएनए संकलन गर्ने कार्यलाई चिनियाँ कम्युनिष्ट पार्टीले जनस्तरमा नै निगरानीलाई बढाएको अर्थमा विश्लेषण गरिएको छ ।

चीनले ‘तीन महान्’ सुरक्षा नीति एवम् अन्य प्रहरी गतिविधिमार्फत् मानिसहरुको निगरानीलाई बढाएको छ । यी ‘तीन महान्’ नीतिमा ‘महान् हरेकको निरीक्षण’, ‘महान् अनुसन्धान’ र ‘महान् मध्यस्थता’ रहेका छन् ।

डीएनएले मानिसहरुको अणुवांशिक पहिचान मात्रै नभई आफन्तहरुको पनि पहिचान गर्ने भएकाले यसलाई निकै संवेदनशील मानिन्छ ।

मानिसहरुको डीएनए संकलन गर्ने कार्य स्वशासित क्षेत्रका सबै ७ प्रिफेक्चर अर्थात् महानगरमा गरिएको छ । ह्युमन राइट्स वाचले तिब्बतका १४ वटा विभिन्न तहहरुमा मानिसहरुको डीएनए संकलन गरिएको पुष्टि गरेको छ । १ प्रिफेक्चर, २ काउन्टीहरु, २ नगर, दुई नगरपालिका र सात गाउँहरुमा मानिसहरुको डीएनए संकलनको कार्य गरिएको ह्युमन राइट्स वाचले जनाएको छ ।

सरकारी अधिकारीहरुले सन् २०१९ को जुलाई महिनामा क्षेत्रीय स्तरमा मानिसहरुको डीएनए संकलन गर्नका लागि ठेक्का आह्वान गरेका थिए । सन् २०१९ को नोभेम्बर महिनामा तिब्बतको निङ्ग्ट्री प्रिफेक्चरमा प्रहरीले डीएनए डेटाबेस निर्माणको घोषणा गरेको थियो ।

त्यसअघि सन् २०१५ को जुलाई महिनामा ल्हासा सहरको प्रहरीले फरेन्सिक कार्यका लागि १ करोड युआन अर्थात् १६ लाख अमेरिकी डलरको लगानीमा डीएनएन परीक्षण एवम् संकलन डेटाबेस खरिद गरिएको घोषणा गरेको थियो ।

सन् २०१८ को मार्च महिनामा ल्हासाको टाक्त्से काउन्टीका गाउँमा प्रहरीले सबै आप्रवासी कामदारको डीएनए संकलन गरेको जनाएको थियो ।

तिब्बतमा प्रहरीको यस्तो कदमबाट सो क्षेत्रमा आधारभूत तहमा नै मानिसहरुको निगरानीको थालनी भएको जनाइएको छ । चीनका सरकारी अधिकारीहरुले ‘सार्वजनिक सरक्षा अङ्गहरुलाई अवैधानिक एवम् गैर कानूनी गतिविधिको निगरानी गर्न’ का लागि मानिसहरुके डीएनए संकलन गरिएको बताउने गरेका छन् ।

तिब्बत स्वशासित क्षेत्रको वेबसाइटका अनुसार चाम्डो महानगरका प्रहरीले सन् २०१९ को मे महिनायता औँठाछाप र डीएनएका नमूनालगायत विभिन्न किसिमका डेटाबेस संकलन गरेका छन् । त्यसयता त्यहाँका ५ लाख २४ हजार ५ सय भन्दा धेरै (कूल जनसङ्ख्याको ६९ प्रतिशत) मानिसहरुको डीएनएको नमूना संकलन गरेका छन् ।

डीएनए संकलन गरिएका तिब्बतीहरुमा बौद्ध भिक्षुहरु र अन्य धार्मिक व्यक्तित्वहरु समेत रहेका छन् ।

चीनले ५ वर्षका बालबालिकाहरुको पनि डीएनएको नमूना संकलन गर्ने गरेको जनाइएको छ । यसबाट तिब्बतीहरुको सुरक्षामा खतरा उत्पन्न हुने भन्दै ह्युमन राइट्स वाच लगायतका विभिन्न मानवअधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ०० बजे

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान संकलन

काठमाडौं– जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा

लेबनानमा इजरायली आक्रमण : पाँच जनाको मृत्यु, दुई घाइते

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

भोजपुर– भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथांका–  सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम