‘फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क होऔं’ « Khabarhub

‘फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क होऔं’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन् । चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ । झुटको खेती गर्दै समाचार बनाइन सक्छन् । सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ, नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिभुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने। 

उनले कुनै उम्मेद्वार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुने, त्यसले सिंगो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने बताए।

चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ, सञ्चारकर्मीमाझ अध्यक्ष बस्नेतले भने, चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति द्वेषपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यममा कुनै हालतमा स्थान दिनु हुँदैन । त्यसबारे प्रेस काउन्सिलले नियमित अनुगमन गरिरहेको छ ।बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरुपयोग हुन बाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिए । 

अभिमुखीकरणको १५ औँ श्रृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रुपमा अभिभुखिकरण गराएका थिए । सूचना तथा प्रसारण विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने, जिम्मेवार पत्रकारिताका लागि पत्रकार आफै सचेत हुनुपर्ने बताए ।

उनले काउन्सिलले सुरुवात गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत प्रेस काउन्सिल नेपालका सदस्य, दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिए । काउन्सिलले जारी गरेका महिला उत्तरदायी सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाका विभिन्न प्रावधान र नेपाली मिडियामा भइरहेका प्रयोगबारे उनले विश्लेषण गरेका थिए ।

कार्यक्रममा भौतिक र भर्चुअल माध्यमबाट ३० वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : २३ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६