संकटमा बेलायतको कन्जरभेटिभ पार्टी : प्रधानमन्त्रीमा बोरिस जोन्सनको पुनरागमन ? | Khabarhub Khabarhub

संकटमा बेलायतको कन्जरभेटिभ पार्टी : प्रधानमन्त्रीमा बोरिस जोन्सनको पुनरागमन ?


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतमा पूर्व प्रधानमन्त्री बोरिस जोन्सन प्रधानमन्त्रीको दौडमा आउने भएका छन् । बिहीबारमात्रै लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेसँगै बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका रुपमा नयाँ नेताको चयन गर्दैछ ।

कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्रीको टुङ्गो यसै साता लगाउने अपेक्षा गरिएको छ । यसका लागि बोरिस जोन्सनले पनि उम्मेदवारी दिने कन्जरभेटिभ पार्टीका नेताहरुको अपेक्षा छ ।

तीन महिनाअघि राजीनामा दिएका पूर्वप्रधानमन्त्री जोन्सन क्यारेबियन क्षेत्रको डोमिनिकन गणतन्त्रमा छुट्टीमा रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि उनी चाँडै स्वदेश फर्किने पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि बेलायतका रक्षामन्त्री बेन वालेसले पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेद्वारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव रहेको बताएका थिए । उनले नयाँ प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षा नरहेको भन्दै जोन्सनलाई समर्थन गर्ने सङ्केत गरेका थिए ।

‘अहिले, म बोरिस जोन्सनको पक्षमा खुल्दैछु’ उनले सञ्चारकर्मीहरूलाई भने, ‘जोन्सन – जसलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो । उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन् ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ५३ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन