लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै लाग्नुपर्छ : नेता सिटौला « Khabarhub

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै लाग्नुपर्छ : नेता सिटौला


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्ने समय आएको बताएका छन् । लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई पटक/पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उनको भनाइ छ ।

झापाको बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश प्रखण्डस्तरीय अन्तर मावि कविता प्रतियोगिता एवं पुस्तक विमोचन समारोहमा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका सिटौलाले संविधानको मर्म विपरीत हिँड्ने जो कोही निर्वाचनपछि आफैँ पाखा लाग्ने बताए ।

‘हामी निर्वाचनको सम्मुखमा छौँ’, नेता सिटौलाले भने, ‘पटकपटक संविधान भङ्ग गर्न खोज्नेहरूलाई जनताले नजिकबाट नियालिरहेका छन् । यस पटकको निर्वाचनमा त्यसको परिणाम उनीहरूले आफैँ भोग्नेछन्, तपाइँ हामीले केही भनिरहनु पर्दैन ।’

नेता सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसके, त्यस्तालाई कसरी बोकेर हिँड्न सक्या होला, त्यो पार्टीको नाम उच्चारण गर्न पनि सरम लाग्नुपर्ने हो भने। ‘ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउँछु भन्दै हिँड्नु र मरिसकेको मानिसलाई पुनः जीवित बनाउँछु भन्नु उस्तै होइन’, उनले भने, ‘अहिले पनि हटिसकेको राजसंस्था पुनःस्थापित गराउने भन्दै हिँड्नेहरू तपाइ हामी कहाँ आउन सक्छन्, भम्रमा नपर्नु होला ।’

फरक/फरक आस्था र विचार राख्ने हामी सबैलाई स्रष्टा र सृजनाले एकै ठाउँमा बाँध्न सक्ने भएकाले राजनीतिभन्दा साहित्य धेरै शक्तिशाली भएको नेता सिटौलाको भनाइ थियो । उहाँले सबै स्रष्टा र सृजनालाई उचित सम्मान गर्नुपर्ने बताए । यसैबीच साहित्यकार तथा राजनीतिक व्यक्तित्व दयानन्द गोश्वामीद्वारा लिखित मञ्जरी कविता सङ्ग्रहको नेता सिटौलाले विमोचन गरे । रेडक्रसकर्मीसमेत रहेका गोश्वामीको ‘पल्लवी’ पछिको यो दोस्रो कविता सङ्ग्रह हो । एक सय ९१ वटा कविता सङ्गृहीत पुस्तक एक सय ९२ पृष्ठको छ ।

कार्यक्रममा ज्येष्ठ प्रेमिल जोडी बझारु राजवंशी–पानो राजवंशी, रत्नप्रसाद खतिवडा–लीलाकुमारी खतिवडा, अविराम साह–तारादेवी साह, हरिप्रसाद–हरिमाया पााठक, चूडामणि–चित्रादेवी दाहाल, देवकुमार–रत्नादेवी राजवंशी, दिलबहादुर–ललिमाया राई, सुनदरला–उर्मिलादेवी गणेशलाई सम्मान गरिएको थियो । सामाजिक व्यक्तित्वका रूपमा बाबुलाल टुडु, सुभाषचन्द्र सिंह राजवंशी, धनपति उप्रेती, चन्द्रप्रकाश योङ्हाङ, रामप्रसाद गणेश, उत्तमकुमार सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै एकल महिला सीता पाठकलाई पनि सम्मान गरिएको थियो । 

स्रष्टा सम्मानतर्फ चिरञ्जीवी काफ्ले, विनोद विवश, केशव आचार्य, पवन राजवंशीलाई समेत सम्मान गरिएको थियो । त्यस्तै बाह्रदशी निवासी शीवराम लिम्बूलाई आविष्कारकका रूपमा सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नृत्यकारका रूपमा स्वीकृति सुवेदीलाई सम्मान गरिएको थियो । 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ४५ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन