ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’को प्रयोग « Khabarhub

ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’को प्रयोग


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’ ट्राफिक प्रहरीले सघाएको छ । जनशक्तिको कमीका कारण हरेक स्थानमा ट्राफिक प्रहरी खटिन असम्भव भएपछि सडक अनुशासन कायम गराउन ‘डमी’ ट्राफिक प्रहरीको सहारा लिइएको छ ।

‘डमी’लाई विराटनगर–बुढीगङ्गाअन्तर्गत निमुवासम्मको नौ स्थानको सडकको मध्यभागमा खडा गरिएको छ । ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटनामा अङ्कुश लगाउन मद्दत पु¥याएको छ भने मापसे गरेर सवारी कुदाउनेलाई समेत सतर्क तुल्याएको छ । बीच सडकमा ठडिएका ‘डमी’ ट्राफिक प्रहरी असरदार देखिएको छ र ‘डमी’ भएको स्थानमा मापसे सेवनबाट हुने सवारी क्षतिको आँकडामा आश्चर्यजनक सुधार आएको छ ।

सडक दुर्घटना न्यूनीकरण, सचेतना र सतर्कताका लागि राखिएका ‘डमी’ ट्राफिक प्रहरी नक्कली भए पनि दुरूस्तै देखिन्छ । बीच सडकको डिभाडरमा टाँगिएका ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटना हुन नदिन प्रभावकारी भूमिका खेलेको छ ।

‘डमी’ ट्राफिक प्रहरीले चालकमा मनोवैज्ञानिक प्रभाव पारेको छ । कुनै हर्कत नगरी उभिए पनि ‘डमी’ ट्राफिक प्रहरीले सडक सुशासन कायममा सफलता पाएको महशुश सर्वसाधारणले समेत गरेका छन् । परबाट ‘डमी’ को आकार प्रकार सक्कली ट्राफिक प्रहरी झैँ देखिन्छ । ‘डमी’ ट्राफिक प्रहरीलाई टाढाबाट सक्कली ठानेर जथाभावी सवारी साधन चलाउने चालकले समेत सतर्कतापूर्वक सवारी चलाउने, लेन नमिच्ने, जथाभावी ओभरटेक गर्न आँट नगरेकोल दुर्घटनाको तथ्याङ्क सुध्रिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको ‘डमी’ ट्राफिक प्रहरी राखेर ट्राफिक सचेतना फैलाउने प्रयोग सफल देखिएको छ । सडक अनुशासन पालना गर्न गराउन ठाउँ–ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्ने कार्यको चौतर्फी प्रशंसा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार कार्कीले मोरङमा ट्राफिक प्रहरीको जनशक्ति न्यून भएको र सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले दुर्घटनाको जोखिम भएका स्थानमा ‘डमी’ ट्राफिक प्रहरीबाट काम चलाइएको बताए । उनलेले सर्वसाधारणमा निर्जीव ‘डमी’ ट्राफिक प्रहरीको प्रभाव सक्कली ट्राफिक प्रहरी झैँ पर्ने गरेको बताए।

कार्कीले ‘डमी’ ट्राफिक प्रहरी राखेपछि आश्चर्यजनकरूपमा गम्भीर प्रकृतिका दुर्घटनामा कमी आएको बताए । ‘डमी’ ट्राफिक प्रहरीले दुर्घटनाको सम्भवाना ५० प्रतिशतले घटाएको, चालकमा सतर्कताको भावना पैदा गरेको र सचेतना फैलाउने कार्यमा सहायक सिद्ध भएको उनको भनाइ थियो ।

ट्राफिक प्रहरी नपुगेको ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्दा मादक पदार्थ सेवन गरेर सवारी कुदाउनेको सङ्ख्यामा समेत कटौती भएको प्रमुख कार्कीले बताउनुभयो । उनले सक्कली र ‘डमी’ ट्राफिक प्रहरीबाट मात्र ट्राफिक व्यवस्थापन कायम गर्न नसकिने भन्दै सचेतना प्रवद्र्धनको कार्यक्रमलाई तीव्र पारिएको जानकारी दिए।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ०६ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै