ब्याजदर नघटाए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी « Khabarhub

ब्याजदर नघटाए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् ।

वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी यस्तो चेतावनी दिएको हो । वित्तीय संस्थाद्वारा एकतर्फी रूपमा वृद्धि गरिएको ब्याजदर एक अङ्कमा झार्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई व्यवसायीले आग्रह गरेका छन् ।

सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ को सङ्क्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत ‘अकुपेन्सी’ले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताए । पर्यटक अपेक्षितरूपमा बढ्न नसकेको अवस्थामा होटलहरूले बैंकले प्रदान गरेको कर्जाको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको कुरा सुनाए । अध्यक्ष सुवेदीले आफूहरू दायित्वबाट पन्छन नखोजेको तर तिर्नुपर्ने दायित्वलाई अर्को वर्षका लागि सारिदिन राष्ट्र बैंकमार्फत अनुरोध गरेको स्पष्ट पारे ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशतसम्म पुगेको जानकारी व्यवसायीले दिएका छन् । बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशतसम्म लाभांश बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको दुःखेसो होटल सङ्घ पोखरा नेपालका सल्लाहकार बच्चुराम तिवारीले पोखे ।

‘नाफामा गएको बैंकिङ क्षेत्रलाई राष्ट्र बैंक जोगाउनतिर लाग्यो तर घाटा खाएको होटल क्षेत्रलाई वास्ता गरेन’, तिवारीले भने ,‘यो विषयमा हामी चुप लागेर बस्दैनाँै, यस्तै भए अब हामी राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्न बाध्य हुनेछौँ, राष्ट्र बैंकले गरेको कामका बारेमा हिसाब खोज्छौँ ।’

होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले चर्को ब्याजदरको मारमा बढी होटल व्यवसायी नै परेको बताए ।

होटल सङ्घ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैंक तथा वित्तीय संस्थाले अस्वाभाविकरूपमा ब्याजदर बढाउनु सबै नेपालीको समस्या भएको स्मरण गराउँदै व्यवसायमा सुस्ती देखिँदा वित्तीय क्षेत्रबाट आतङ्क फैलाउने काम भएको बताए । बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरेको आरोपसमेत व्यवसायीको छ । व्यवसायी बैंकर हुँदा पनि समस्या उत्पन्न हुनाका साथै बैंकलाई आधुनिक सामन्तका रूपमा व्यवसायीको आरोप लगाएका छन् ।

सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडको समयमा सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएको बताउँदै अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतङ्क सिर्जना गरिएको आरोप तगाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना