बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण « Khabarhub

बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला – गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी, नेपालीसेना, नेपाल प्रहरीको सहयोगमा पुल निर्माण गरी सञ्चालनमा आएको छ । सो गाउँपालिकाको पहलमा काठेपुल निर्माण गरिएको हो ।

पुल बगाएर यस क्षेत्रमा यातायात प्रभावित भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएपछि गुठीचौर गाउँपालिका माथिल्लो भेगमा पर्ने मणिसाँघु, मुनिगाउँ, डिल्लीकोटसहित धेरै गाउँबस्तीमा अघोषित नाकाबन्दी जस्तै भएको छ । गाउँहरूमा दैनिक उपभोग्य वस्तुदेखि ओसारपसार गर्न निकै असज भएपछि गुठीचौर गाउँपालिका–१ र २ को अगुवाइमा दुईदिने श्रम शिविरबाट मोटरेबल काठेपुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए ।

नेपाली सेनाको नन्दाबक्स गण जुम्लाका जमदार भेषबहादुर रायमाझीको नेतृत्वमा ३० जना नेपाली सेनाको जनशक्ति, नेपाल प्रहरी र स्थानीयवासीसहित दुईजनाले श्रमदान गरी दुई दिनमा काठेपुल निर्माण गरिएको हो । पुल निर्माण हुँदा गुठीचौरको माथिल्लो क्षेत्रसहित डोल्पा जिल्लाको तल्लो क्षेत्रसम्म आवतजावत गर्न सहज हुने भएको छ । गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार बाढीले पुल बगाएपछि माथिल्लो गुठीचौर गाउँबस्ती पालिका मुकामसँग पुग्न सवारीसाधन सञ्चालनमा निकै समस्या भएको थियो ।

पुल निर्माण गर्नका लागि आयोजना निर्माण गरेर उपभोक्ता समितिमार्फत गर्दा निकै समय लाग्ने र आवतजावत गर्न निकै समस्या भएकाले श्रमदानमार्फत नै मोटरेबल काठेपुल निर्माण गरिएको वडाध्यक्ष महताराले जानकारी दिए। दुईदिनमै काठेपुल बनाउन सहयोग गर्ने स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विशेष धन्यवादसमेत दिए। बगाएको पुल निर्माण गर्न १० लाख खर्च लाग्ने थियो । तर दुईदिने श्रम शिविर सञ्चालन गरी मोटरेबल काठेपुल निर्माण भई सञ्चालनमा आएको गुठीचौर गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ३३ बजे

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको