बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण « Khabarhub

बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला – गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी, नेपालीसेना, नेपाल प्रहरीको सहयोगमा पुल निर्माण गरी सञ्चालनमा आएको छ । सो गाउँपालिकाको पहलमा काठेपुल निर्माण गरिएको हो ।

पुल बगाएर यस क्षेत्रमा यातायात प्रभावित भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएपछि गुठीचौर गाउँपालिका माथिल्लो भेगमा पर्ने मणिसाँघु, मुनिगाउँ, डिल्लीकोटसहित धेरै गाउँबस्तीमा अघोषित नाकाबन्दी जस्तै भएको छ । गाउँहरूमा दैनिक उपभोग्य वस्तुदेखि ओसारपसार गर्न निकै असज भएपछि गुठीचौर गाउँपालिका–१ र २ को अगुवाइमा दुईदिने श्रम शिविरबाट मोटरेबल काठेपुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए ।

नेपाली सेनाको नन्दाबक्स गण जुम्लाका जमदार भेषबहादुर रायमाझीको नेतृत्वमा ३० जना नेपाली सेनाको जनशक्ति, नेपाल प्रहरी र स्थानीयवासीसहित दुईजनाले श्रमदान गरी दुई दिनमा काठेपुल निर्माण गरिएको हो । पुल निर्माण हुँदा गुठीचौरको माथिल्लो क्षेत्रसहित डोल्पा जिल्लाको तल्लो क्षेत्रसम्म आवतजावत गर्न सहज हुने भएको छ । गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार बाढीले पुल बगाएपछि माथिल्लो गुठीचौर गाउँबस्ती पालिका मुकामसँग पुग्न सवारीसाधन सञ्चालनमा निकै समस्या भएको थियो ।

पुल निर्माण गर्नका लागि आयोजना निर्माण गरेर उपभोक्ता समितिमार्फत गर्दा निकै समय लाग्ने र आवतजावत गर्न निकै समस्या भएकाले श्रमदानमार्फत नै मोटरेबल काठेपुल निर्माण गरिएको वडाध्यक्ष महताराले जानकारी दिए। दुईदिनमै काठेपुल बनाउन सहयोग गर्ने स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विशेष धन्यवादसमेत दिए। बगाएको पुल निर्माण गर्न १० लाख खर्च लाग्ने थियो । तर दुईदिने श्रम शिविर सञ्चालन गरी मोटरेबल काठेपुल निर्माण भई सञ्चालनमा आएको गुठीचौर गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ३३ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई