रूसले जलविद्युतको बाँध भत्काउने योजना बनाएको युक्रेनको दाबी « Khabarhub

रूसले जलविद्युतको बाँध भत्काउने योजना बनाएको युक्रेनको दाबी


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कीभ –   रुसले दक्षिणी खेरसन क्षेत्रमा एक जलविद्युत बाँध भत्काउने योजना बनाएको युक्रेनले आरोप लगाएको छ । युक्रेनी सैनिकहरू निरन्तर अघि बढिरहेका छन् र मस्को–स्थापित अधिकारीहरूले उद्धार सुरु गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत् आयोजनालाई विस्फोट गराउने उद्देश्यले उत्खनन गरेको बताए ।

जेलेन्स्कीले बिहीबार युरोपेली नेताहरूलाई दिएको सम्बोधनमा तल्लो निप्रो नदीवरपरका लाखौं मानिसहरू बाढीको जोखिममा पर्ने चेतावनी दिए।

दक्षिणमा पानीको आपूर्ति कटौती गर्दा युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक ऊर्जा संयन्त्रको चिस्यान प्रणालीमा पनि असर पर्न सक्ने उनले बताए ।

सन् २०१४ देखि रूसले कब्जा गरेको क्रिमियालाई महत्वपूर्ण पानी आपूर्ति गर्ने उत्तरी क्रिमियाली नहर पनि नष्ट हुन सक्छ । जेलेन्स्कीका सल्लाहकार माइखाइलो पोडोल्याकका अनुसार रुसको लक्ष्य यस क्षेत्रमा युक्रेनी आक्रमण रोक्नु र रुसी सेनाको सुरक्षा गर्नु हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ०५ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका