महोत्तरी-१ मा मतगणना सुरु « Khabarhub

महोत्तरी-१ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । क्रस मत सदर गर्ने सहमतिपछि मतगणना सुरु भएको हो । मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ । पहिलो पलक गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्र गणना हुने भएको हो ।

मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना हुने भएको छ । १ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो ।

महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्दिवास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन् ।

यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति