महोत्तरी-१ मा मतगणना सुरु « Khabarhub

महोत्तरी-१ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । क्रस मत सदर गर्ने सहमतिपछि मतगणना सुरु भएको हो । मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ । पहिलो पलक गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्र गणना हुने भएको हो ।

मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना हुने भएको छ । १ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो ।

महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्दिवास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन् ।

यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४८ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा