डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम  « Khabarhub

डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम 


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर ढिला गरिमात्र आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका तीनवटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएको उनले बताए । मंगलबारमात्रै बाँकी १९ वटा मतदान केन्द्रका मतपेटिका लिन सेनाको हेलिकप्टर उपल्लो डोल्पा जाने उनको भनाइ छ ।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका नौ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे पनि सोही क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिकाका मतपेटिका अझै उठाइएको छैन । मतदान अधिकृतहरू हेलिकोप्टरको पर्खाइमा भएकाले पनि जगदुल्लाका मतपेटिका नउठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

जिल्लाको ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिकाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेको बताइएको छ । धेरै मतदान केन्द्रका मतपेटिका झार्न बाँकी रहेकाले शुक्रबार पनि मतगणना हुने सम्भावना न्युन रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ०६ बजे

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कानुन व्यवसायीसँग परामर्श गर्दै कांग्रेस नेताहरू

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा