डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम  « Khabarhub

डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम 


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर ढिला गरिमात्र आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका तीनवटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएको उनले बताए । मंगलबारमात्रै बाँकी १९ वटा मतदान केन्द्रका मतपेटिका लिन सेनाको हेलिकप्टर उपल्लो डोल्पा जाने उनको भनाइ छ ।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका नौ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे पनि सोही क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिकाका मतपेटिका अझै उठाइएको छैन । मतदान अधिकृतहरू हेलिकोप्टरको पर्खाइमा भएकाले पनि जगदुल्लाका मतपेटिका नउठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

जिल्लाको ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिकाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेको बताइएको छ । धेरै मतदान केन्द्रका मतपेटिका झार्न बाँकी रहेकाले शुक्रबार पनि मतगणना हुने सम्भावना न्युन रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ०६ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा