कांग्रेस संसदीय दल निर्वाचन : निर्धारित समयभन्दा ढिलो मतदान सुरु « Khabarhub

कांग्रेस संसदीय दल निर्वाचन : निर्धारित समयभन्दा ढिलो मतदान सुरु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्धारित समयभन्दा केही ढिलो मतदान सुरु भएको छ।

देउवापक्षका सांसदले मतदानस्थलमा मोबाइल लैजान पाउनुपर्ने माग गरे पछि भएको विवाद समाधान भए पछि मतदान सुरु भएको हो।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेसम्म मतदान जारी रहनेछ। सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ। कांग्रेसमा प्रत्यक्ष निर्वाचित ५७ र समानुपातिक तर्फका ३२ गरी जम्मा ८९ सांसद छन्। दलको नेता चयन हुन बहुमत अर्थात ४५ मत आवश्यक पर्छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ०१ बजे

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा