पोखरामा अत्यधिक बेरुजु, फर्स्योटका लागि लेखा समितिको निर्देशन « Khabarhub

पोखरामा अत्यधिक बेरुजु, फर्स्योटका लागि लेखा समितिको निर्देशन


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा अहिलेसम्म २ अर्ब ५६ करोड बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार हालसम्म अद्यावधिक भएको बेरुजु मध्ये उक्त रकम देखिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ५४ करोड भन्दा बढी बेरुजु थपिएको छ। त्यसमध्ये २१ करोड २४ लाख असुल गर्नुपर्ने छ भने १८ करोड ५२ लाख नियमित गर्नुपर्ने तथा १३ करोड चाहिँ कागजात नपुगेका कारण बेरुजु रहेको छ।

१ करोड ७८ लाख भने पेस्की बेरुजु छ। वर्षमै यति धेरै बेरुजु हुनु भ्रष्टाचारको चरम देखिएको पोखराको सार्वजनिक लेखा समितिले जनाएको छ। समितिले उक्त बेरुजु तत्कालै फर्स्यौट गर्नुपर्ने र त्यसको व्यवस्था मिलाउन महानगरलाई  निर्देशन दिएको छ।

बेरुजुलाई सुशासनको नकारात्मक सूचकको रूपमा लिइने भएकोले तत्कालै फर्स्यौटमा लाग्न आग्रह गरिएको हो। ‘पोखरामा बेरुजु अत्यधिक बढेको छ। तर, फर्स्योटको अवस्था सुस्त भयो,’ समितिका संयोजक झपट रानाभाटले भने, ‘आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्छ। दैनिक रूपमा फर्स्यौटलाई प्रमुख जिम्मेवारीका साथ पूरा गर्नुपर्छ।’

बैठकले संघीय सरकारले कार्यक्रम राखी आमन्त्रण नगरेको तथा कामको प्रयोजनसमेत नखुलेको दुवै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विशेष कामकाजमा खटाउने गरेको भन्दै त्यस्ता काम रोक्न पनि निर्देशन दिएको छ।

कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगी जस्ता पदमा बाहेक अन्य पदहरूमा कर्मचारी राख्न नपाउने व्यवस्था भए पनि अन्य पदहरूमा  समेत करारमा कर्मचारी भर्ना गरिरहेको भन्दै लोकसेवा विना कर्मचारी भर्ना नगर्न निर्देशन दिइएको रानाभाटले बताए।

कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुँदाहुँदै महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइन उपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भए पनि महानगरको आफ्नै भवनको डिजाइन बनाउन समेत बाहिरबाट परामर्श सेवाका नाममा लाखाैँ रकम खर्च भएको महालेखाले औंल्याइएको छ।

लेखा समितिले भाटभटेनी, पानी पँधेरो, मणिपाल लगायतका निजी हस्पिटलहरु तथा सेल्वेज, ट्रेड मल, अन्नपूर्ण, विशाल बजार, वाटर फ्रन्ट, बाराही, ग्राण्ड, हिमालयन ग्लोरी, सांग्रीला लगायतका होटलहरु र निजी विद्यालयले पनि कर नतिरेको देखिएकोले तत्कालै असुल गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ५८ बजे

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको