धुलियाबिट-भेडाबारी सडक निर्माणको काम सुस्त  « Khabarhub

धुलियाबिट-भेडाबारी सडक निर्माणको काम सुस्त 


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट-भेडाबारी सडकको २५ प्रतिशत काम भएको छ । करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। सुर्खेतको धुलियाबिट-भेडाबारी सडकखण्ड ३५ किलोमिटर रहेको छ।

यो सडकखण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरी कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ। २०७८ असार २८ गतेदेखि सुरु भएको काम २०८० पुस १३ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। जसअनुसार काम सुरु भएको डेढ वर्षको अवधिमा करिब ५० प्रतिशत काम हुनुपर्नेमा लक्ष्यभन्दा ढिला काम भइरहेको छ। 

राजमार्गले एक हजार दुई सय किलोमिटर पूर्व-पश्चिम नेपाललाई जोड्नेछ। विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पुर्‍याउने गरी मदन भण्डारी राजमार्ग निर्माण भइरहेको हो । 

राजमार्गको जंगल क्षेत्रमा पर्ने रुखको कटान आदेश नपाउँदा लक्ष्यअनुसार काम हुन नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ। यो सडकखण्डमा करिब १८ किलोमिटर जंगल क्षेत्र पर्दछ। कार्यालयका इन्जिनियर जितेन्द्रकुमार शाहले बताए । 

राजमार्ग क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नहुँदा अहिले सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको छ। सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत् लगायतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ। यस अवधिसम्म ट्र्याक खोल्ने, चौडा बनाउने, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम सम्पन्न भएको इन्जिनियर शाहले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नौ किलोमिटर ग्राभेलको काम पनि सकिएको छ।

जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता काम करिब करिब सकिएका छन्। अब कालोपत्रेलगायतका काम र मेसिनरी उपकरण प्रयोग हुने काम मात्र बाँकी रहेको छ । 

धुलियाबिट-भेडाबारी सडकसँगै सुर्खेतको पश्चिम क्षेत्रअन्तर्गत बड्डीचौरदेखि बेतान कर्णालीसम्म ९४ किलोमिटर सडक निर्माणको काम पनि भइरहेको छ। यो सडकखण्डका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। जसका लागि चालू आर्थिक वर्षमै टेन्डर भई काम सुरु हुँदै छ भने तीनवटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन्।  

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : २२ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको