विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी « Khabarhub

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बलेवा– भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घसंस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि सो संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन् ।

 भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाई र निर्माण सामग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपविरुद्ध उजुरी गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उजुरी दर्ता गर्दा श्रेष्ठले छानामा परेको प्वाल, सोसम्बन्धी सञ्चारमाध्यममा प्रकाशित समाचारकपी र अन्य कागजातसमेत संलग्न गरेका छन् । गत साउनमा उक्त विद्यालयमा भ्वाङ परेको समाचार प्रकाशित थियो । यो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको हो ।

 यो भवनमा युपिभिसी जस्तापाताले छाना छाइएको छ । छानामा प्वालैप्वाल परेकाले विद्यार्थी राखेर पढाउनसमेत नसकी बर्सातमा बालबालिकालाई एकै स्थानमा दुईदुईवटा कक्षा सञ्चालन गर्नुपरेको थियो ।

सप्लायर्स कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लगाइएको छ । उजुरीमा शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्कसलाई दोषी बनाइएको हो । विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर आयोजना र कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेका थिए । विद्यालयको दुईकोठे भवनको छानामा गुणस्तरहीन जस्तापाता प्रयोग गर्दा सयौँ भ्वाङ परेको थियो । 

विद्यालयको छानामा सयौँ प्वालहरू परेको अनुगमनबाट पनि पुष्टि भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । विद्यालयमा बिजोग भएको देखेपछि मर्मतका लागि नगरपालिकाले सहयोग गर्ने तयारी भएको सापकोटाले जानकारी दिए । 

असिना पर्दा गत वर्षको चैतवैशाखमा यो विद्यालयमा भ्वाङ परेको वडा अध्यक्ष मेघनाथ गैरेले बताउनुभयो । पानी पर्दासमेत ती भ्वाङ थपिँदै गएको स्थानीयले बताए। भवनमा प्वाल परेपछि वडाअध्यक्ष गैरेले विद्यालयको अवस्था अनुगमन गरेर पुननिर्माण गर्न नगरपालिकामा बजेट माग गरेको बताए ।

पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा पुनःनिर्माण गरिएका विद्यालयको परियोजना हेर्ने शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सब इन्जिनियर नजाम उद्दिनले लुम्बिनी इन्जिनियरिङ वर्कशपबाट सामान ल्याउन दबाब दिएपछि गुणस्तरहीन सामान आएको थियो । 

सोही दबाबकै कारण बागलुङका सप्लायर्सले सात लाखमा सामान विद्यालयमै लगिदिने भन्दाभन्दै विद्यालयले बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ वर्कशपबाट १० लाख ५० हजारमा सामान ल्याउन बाध्य बनाएको उजुरीमा उल्लेख छ । विद्यालयकी प्रअ सरिता गौतमले पनि दबाबका कारण उनीहरूले भनेको सप्लायर्सबाट सामान ल्याउन बाध्य भएको बताएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ५ : २५ बजे

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि