बसर अल असदलाई मृत्युदण्डको फैसला « Khabarhub

बसर अल असदलाई मृत्युदण्डको फैसला


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको छ । गृहयुद्धका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै मंगलबार अदालतले असदको अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाएको हो ।

असदसँगै उनका मामाका छोरा अतेफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । दक्षिणी प्रान्त डारामा भएको प्रदर्शनमा दमन गरेको आरोपमा नजिबलाई मृत्युदण्ड दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

एएफपीका अनुसार न्यायाधीशले सजाय सुनाउने बेला नजिबलाई कैदीले लगाउने पोसाकमा बन्द कठघरामा उभ्याइएको थियो । सन् २०२४ को डिसेम्बरसम्म सिरियामा चलेको गृहयुद्धमा पराजित भएपछि असद र उनका भाइ महेर भागेर रुस पुगेका थिए ।

नजिबलाई भने पक्राउ गरिएको थियो । सिरियाली सेनाका ब्रिगेडियर जनरल नजिब भने डारा प्रान्तमा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ३ : २६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले