स्वास्थ्यकर्मी संघ मुगुद्वारा स्थानीय प्रशासनलाई १४ बुँदे ज्ञापनपत्र « Khabarhub

स्वास्थ्यकर्मी संघ मुगुद्वारा स्थानीय प्रशासनलाई १४ बुँदे ज्ञापनपत्र


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – राष्ट्रिय स्वास्थ्यकर्मी संघ मुगुले १४ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक रोमबहादुर महतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

कोभिड-१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीको मनोबल उच्च र स्वास्थ्यकर्मीको हक हितका लागि सहज गर्न संघ मुगुले ज्ञापनपत्र मार्फत माग गरेको छ ।

संघले संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने, करारमा नियुक्त भई काम गरिरहेका स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्ने माग राखेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल मुगुका अध्यक्ष खडकबहादुर मल्लले बताए।

महामारी र नियमित स्वास्थ्य उपचारका लागि अत्यावश्यक औषधि, उपकरणको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, संघ प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरवृद्धि प्रक्रियालाई पारदर्शी बनाउन पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

कोभिड–१९ प्रतिकार्यमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीका मागलाई सरकारले गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने संघका केन्द्रीय सदस्य ज्ञानसिंह बुढाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ४० बजे

कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज– नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण

विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा

काठमाडौं– सरकाले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न तथा बेवारिसे बिरामीका

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा

टोकियो‍‍‍– जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय

बर्लीको ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सको नेपालका लागि आधिकारिक वितरक सीजी