स्वास्थ्यकर्मी संघ मुगुद्वारा स्थानीय प्रशासनलाई १४ बुँदे ज्ञापनपत्र « Khabarhub

स्वास्थ्यकर्मी संघ मुगुद्वारा स्थानीय प्रशासनलाई १४ बुँदे ज्ञापनपत्र


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – राष्ट्रिय स्वास्थ्यकर्मी संघ मुगुले १४ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक रोमबहादुर महतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

कोभिड-१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीको मनोबल उच्च र स्वास्थ्यकर्मीको हक हितका लागि सहज गर्न संघ मुगुले ज्ञापनपत्र मार्फत माग गरेको छ ।

संघले संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने, करारमा नियुक्त भई काम गरिरहेका स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्ने माग राखेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल मुगुका अध्यक्ष खडकबहादुर मल्लले बताए।

महामारी र नियमित स्वास्थ्य उपचारका लागि अत्यावश्यक औषधि, उपकरणको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, संघ प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरवृद्धि प्रक्रियालाई पारदर्शी बनाउन पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

कोभिड–१९ प्रतिकार्यमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीका मागलाई सरकारले गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने संघका केन्द्रीय सदस्य ज्ञानसिंह बुढाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ४० बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका