लुम्बिनीमा ढुवानी कार्डमार्फत मालसमान लोड गर्ने « Khabarhub

लुम्बिनीमा ढुवानी कार्डमार्फत मालसमान लोड गर्ने


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशभित्रका ट्रक यातायात व्यवसायीले दुर्घटना न्यूनीकरण, कोभिडको महामारीबाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि पार्किङ स्थलमा गाडी राख्ने र जोरबिजोर प्रणालीमा ढुवानी कार्डमार्फत लोडिङ गर्ने निर्णय गरेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघसंस्थाले आ-आफनो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानबाट गाडी सञ्चालन गराउने निर्णय गरेको छ ।

महासंघले गरेको निर्णयलाई वेवास्ता गरी कार्यान्वयन नगर्ने सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दुर्घटना सुविधावाट बन्चित गर्ने समेत भेलाले निर्णय गरेको लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

भेलाले ईन्धनमा भएको मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरुले नयाँ भाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडको प्रकोपवाट सुरक्षित हुन जोर विजोर प्रणालीमा ढुवानी गर्ने निर्णय गरेको छ ।

१५ माघसम्म प्रचारप्रसार गरी सबै गाडी धनी र चालकलाई जानकारी गराउने र २१ माघदेखि पार्किङ स्थलवाट ढुवानी कार्ड मार्फत लोडिङ गर्ने व्यवस्था मिलाउने निर्णय लुम्बिनी प्रदेशले गरेकोमा अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरुलाई पनि यो निर्णय लागू गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।

भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्वय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित गरेको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ३४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज