सेतुलीमाया शाक्य स्मृति वृत्तिबाट वेदव्यास आश्रम सम्मानित « Khabarhub

सेतुलीमाया शाक्य स्मृति वृत्तिबाट वेदव्यास आश्रम सम्मानित


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराद्वारा सञ्चालित ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान’ वेदव्यास ज्येष्ठ नागरिक आश्रम तनहुँलाई अर्पण गरिएको छ ।

महिलामात्रको विशेष सामिप्यतामा समाजका अशक्त, असहाय, विपन्न र बेसहारा ज्येष्ठ नागरिकको स्याहारसम्हारका साथै दिवङ्गत हुँदा पनि महिलाद्वारा दाहसंस्कार गरेर सामाजिक जागरणमा योगदान पुर्‍याएबापत सो संस्थालाई सम्मान गरिएको हो ।

साहित्यकार एवं फोटो पत्रकार विश्वरत्न शाक्यको परिवारद्वारा आफ्नो आमाको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठानद्वारा सञ्चालित सो सम्मानको राशि नगद रु एक लाखसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिक एवं वरिष्ठ पत्रकार भूपनिधि पन्तले उक्त सम्मानबाट आश्रमका अध्यक्ष सावित्री श्रेष्ठलाई नगदसहित सम्मानपत्रले सम्मान गरे ।

सोही समारोहमा शाक्य परिवारद्वारा आश्रमको निरन्तरताका लागि स्थापित अक्षयकोषमा जम्मा हुने गरी रु एक लाख बराबरको चेक संस्थालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विश्वरत्न शाक्यकी धर्मपत्नी बुलु शाक्यले उक्त रकम बरावरको चेक संस्थाका पदाधिकारीलाई हस्तान्तरण गरे।

समारोहमा प्रतिष्ठानको विकासमा महत्वपूर्ण योगदान गर्नुहुने संस्थाका कोषाध्यक्ष गोविन्दबहादुर ताम्राकारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा विश्वरत्न शाक्यको कृति अन्तर्मनका सम्झना पुस्तकको समेत लोकार्पण गरिएको थियो ।

वरिष्ठ पत्रकार पन्तले महिलाको सक्रियतामा समाजमा सामाजिक जागरण ल्याउन सफल आश्रमलाई सम्मान गरेर प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। महिलाको सक्रियतामा समाजका विपन्न एवं असहाय ज्येष्ठ नागरिकको सेवामा समर्पित हुँदै उनीहरुको निधनमा समेत सम्पूर्ण महिलाको सहभागितामा अन्तिम दाहसंस्कार गर्नु महत्वपूर्ण कार्य भएको बताउँदै उनले यस्ता अभियानमा सबै पक्षको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए ।

सम्मानित संस्थाका अध्यक्ष सवित्री श्रेष्ठले दयनीय आस्थाका बुबाआमाको सहारा बन्ने लक्ष्यका साथ आश्रमको स्थापना गरी सञ्चालन गर्न शुरुका दिनमा चुनौतीपूर्ण भए पनि आजको अवस्थासम्म आइपुग्दा विभिन्न सङ्घसंस्था एवं व्यक्तिको सहयोगले ज्येष्ठ नागरिकको सेवामा समर्पित हुन पाएकामा आफूलाई गर्वको अनुभव भएको जनाउँदै सम्मानले थप प्रेरणा मिलेको धारणा राखे ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १२ : ४५ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण