सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा | Khabarhub Khabarhub

सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन । नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएका छन् ।

उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन् । उनको होटलमा थारु भान्से (कुक) ले घोँगी, हाँसको छोइला, चिचर, झिंगे माछा, अन्य माछा, गगँटाजस्ता थारुका परम्परागत परिकार पाइन्छन् । त्यसो त होटलमा अरु परिकार पनि पाक्ने गर्दछन् ।

महतोले भने, ‘मेरो होटलमा आउनेको पहिलो रोजाइ थारु खाना नै हुने गर्दछ ।’ चिल्लो कम हुने हुँदा थारु खाना स्वास्थ्यवद्र्धक र पोषिलो हुने गर्दछ । थारुको बाहुल्य बस्ती रहेको जिल्लाको सहरी क्षेत्रमा यस्ता अन्य होटल नभएको उनको भनाइ छ । उनले भने, ‘म थारु परिकारका लागि माडी, टाँडी र मेघौलीसम्म पुगेर सामग्री ल्याउने गर्दछु ।’

परिकार थारुका पाक्ने भए पनि अन्य जातिले बढी रुचाएको उनको अनुभव छ । थारु परिकार पाइन्छ भन्ने थाहा पाउने परपरबाट पनि आफ्नामा आउने गरेको महतोको भनाइ छ । उनले भने, ‘हाम्रो जातिको पहिचानसहितको यो परम्परागत खानाको माग बढ्दो छ ।’ मानव स्वास्थ्यका लागि थारु परिकार आफैँमा निकै राम्रो हुने उनको दाबी छ ।

त्यसो त यो समुदाय खानाकै कारण स्वस्थ र दीर्घजीवी हुने गर्दछ । स्नातकोत्तरसम्मको अध्ययन गरेका महतोले २२ वर्षको उमेरबाट होटल क्षेत्रमा काम थालेका हुन् । अहिले ३८ वर्ष हुँदै गर्दा आफू सन्तुष्ट रहेको बताउने महतोले झण्डै नौ वर्ष जिल्लाको ठूलो होटल सेन्ट्रल पाममा काम गरे । झाडुपोचादेखि व्यवस्थापनसम्मको सबै कामको अनुभव सङ्गालेका उनले केही वर्ष नारायणगढमै साथीको एक होटलमा व्यवस्थापकको जिम्मेवारी सम्हाले ।

उनले विसं २०७४ को असोज ६ गतेदेखि यो होटल सुरुआत गरेका हुन् । ऋण गरेर रु २० लाख हाराहारीको लगानीमा सुरु भएको ह्याप्पी होममा सुरुमा आठ कोठा थिए । अहिले बढाउँदै लगेर २० कोठा पुगेका छन् । लगानी रु एक करोडभन्दा बढी भइसकेको महतोको भनाइ छ ।

बैंकमा ऋण भए पनि ग्राहकको सन्तुष्टिका कारण आफूलाई पनि सन्तुष्टि मिलेको उनी बताउँछन् । आफ्ना उमेरका धेरै साथी विदेशिएको भन्दै उनले स्वदेशमै आफ्नो जातिको भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै खानाको प्रवद्र्धनमा लाग्न पाउँदा यसैमा रमाएको बताए । उनले भने, ‘मैले अहिले पनि १२ जनालाई रोजगारी पनि दिन सकेको छु ।’

अन्यत्र काम गर्दा आफूले गरेको मिहिनेतको प्रतिफल अहिले पाउन थालेको भन्दै उनले मिहिनेतका साथ काम गर्‍याे भने स्वदेशमै धेरै गर्न सकिने बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १ : १५ बजे

घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन

काठमाडौं- घुस लेनदेनका लागि विचौलियासँगको बार्गेनिङमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न छलफलमा छौँ : पर्यटनमन्त्री

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय

सरकारले कसैलाई जोगाएको छैन, अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार

घुस प्रकरणले घेरिएपछि प्रधानमन्त्री ओलीले बोलाए देउवा र यादवलाई

काठमाडौं- दुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार घेराउमा परेपछि प्रधानमन्त्री

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिका-७ चामाखेत बस्ने २२ वर्षीय शिशिर चन्दको करेन्ट लागेर