सेनाको हवाई सेवाले बचायो सर्वसाधारणको ज्यान | Khabarhub Khabarhub

सेनाको हवाई सेवाले बचायो सर्वसाधारणको ज्यान


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपाली सेनाको पश्चिम कमाण्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रीत संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमाण्ड अन्तरर्गत सुर्खेतको बीरेन्द्रनगरबाट हवाइ सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिल्लामा पश्चिम कमाण्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्राकृतिक प्रकोप र विपदमा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमाण्ड अन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याई उपचारमा सहयोग गर्दै आएको छ । १७ भदौ २०७६ मा पश्चिम कमाण्ड अन्तर्गत नेपाली सेनाले बीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौंबाट हुने उडानहरु दुई वर्षयता सुर्खेतबाट तीनवटा प्रदेशमा हुँदै आएको छ ।

तीन वटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमाण्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके, बर्दिया र सुदूरपश्चिम र कर्णालीको पुरै भागलाई समेटेर पश्चिम एयरवेशबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलक समेत तयारी हालतमा राखिएको पश्चि कमाण्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताए । यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरिएको छ ।

२७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाइ सेवा कार्यालयले बताएको छ । २०७७ मा ३४ गर्भवती र अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९ जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताए । पश्चिममा एयर वेश स्थापनासँगै समयमै उद्धार भएको स्थानीयबासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढीपहिरो, हिउँ पहिरोमा परि घाइते भएकालाईसमेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ ।

त्यस्तै राहत वितरणमासमेत नेपाली सेनाले उडान भर्दै आएको छ । प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएर सेनाले जनसेवा गर्दै आएको पश्चिम कमाण्डका मेजर जनरल प्रेम शाहीले बताए । पश्चिम कमाण्डको एयर वेशलाई अझैं पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग छ । पश्चिम एयर वेशबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरि गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ ।

हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।

पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लामा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम,जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् । त्यस्तै आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ ।

डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : ३० बजे

फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि

३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह

 महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान

संविधान संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिन्छु : प्रचण्ड 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल