स्वस्तिमाको मलयालम फड्को « Khabarhub

स्वस्तिमाको मलयालम फड्को



काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का दर्शकका लागि चिनाइरहनु पर्ने नाम होइन । स्वस्तिमा छोटो समयमै नेपाली फिल्मको अभिनय क्षेत्रमा फड्को मार्ने अभिनेत्रीमा पर्छिन् । सन् २०१५ मा फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा पाइला चालेकी स्वस्तिमा यतिबेला मलयालम फिल्म ‘थिरिमाली’का कारण चर्चामा छिन् । यो फिल्ममा उनको आइटम नृत्य दर्शकले हेर्न पाउनेछन् ।

त्यसो त स्वस्तिमालाई चिन्ने अर्को गीत भनेको फिल्म ‘२ रुपैंयाँ’को ‘कुटुमा कुटु’ हो । यो गीतलाई युट्युबमा सर्वाधिक बढी हेरिएको छ । स्वस्तिमाले फिल्म ‘बुलबुल’बाट एउटा छुट्टै पहिचान बनाएकी छन् । यो फिल्मबाट उनले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय पुरस्कार पनि हात पारेकी छन् ।

स्वस्तिमाको अर्को विशेषता के हो भने उनी प्रष्ट वक्ता हुन् । मनमा आएको कुरालाई नचपाईकन उत्तर दिने उनको शैलीबाट जोकोही प्रभावित छन् ।

अहिले सबैको ध्यान स्वस्तिमाको आइट नृत्य रहेको मलयालम फिल्म ‘थिरिमाली’ तिर गएको छ । किनकी यो फिल्ममा स्वस्तिमाले बाहिर कहिँ कतै हल्लाखल्ला नगरीकन अभिनय गरेकी थिइन् । स्वस्तिमाले हल्लाखल्ला नगरीकन अभिनय गरेको फिल्मले नेपाली दर्शकमाझ कतिको हल्लीखल्ली गर्छ भन्ने चाहिँ प्रतिक्षाकै विषय बनेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : १९ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य