ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु | Khabarhub Khabarhub

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ ।

जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो । गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पतालको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताए ।

अहिले प्लान्टबाट तीन देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन उत्पादन हुँदै आएको उनको भनाइ छ । जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ ।

पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि पाँच सय, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै, ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैयाँ मूल्य निधारण गरिएको चौधरीले बताए । संघीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो ।

अहिले सो प्लान्टबाट उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको छ । अस्पतालमा साना र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको जिल्ला अस्पतालले जनाएको छ  ।

स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था अब नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताइन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ०५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग