प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङको मारमा व्यवसायी « Khabarhub

प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङको मारमा व्यवसायी


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ देखि १८ घण्टासम्ममा लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् ।

सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको तालिका बिनाको लोडसेडिङका कारण आफूहरूको व्यवसायमा विगत १३ वर्षदेखि समस्या रहँदै आएको र अहिलेसम्ममा समाधानका लागि प्रयास नभएको बताएका हुन् ।

सिमकोटमा रहेका व्यवसायीले लोडसेडिङको तालिका समेत नहुँदा कामदारले कुन बेला विद्युत् आउला भनेर कुर्ने गरेको बताए । रलिङ फर्निचर उद्योगका सञ्चालन दशरथ रावतले हिल्दुम साना जलविद्युत आयोजनाले माग बमोजिमको विद्युत् पूर्ति गर्न नसकेको बताएका छन् ।

पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न नसकेको हिल्दुम साना जलविद्युत आयोजना कार्यालय स्रोतले जनाएको छ ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाका ७० भन्दा बढी व्यापार व्यवसाय नेपाल सरकारको इजाजत पत्र लिएर सञ्चालनमा रहेका छन् ।

हुम्ला जस्तो जिल्लाका स्थानीय नागरिकलाई सस्तो र छिटो सेवा चाहिने भएको भएता पनि लोडसेडिङका कारण आफ्ना ग्रिकलाई भनेको जस्तो सेवा दिन नसकोको र २०६५ सालबाटै आफ्नो व्यवसायले लोडसेडिङ भोग्दै आएको पानस सपिङ एण्ड डिजिटल फोटोग्राफीका सरोज रावतले बताए ।

सिजन सुरु भएपछि पर्यटकले खचाखच हुने सिमकोटका होटेल व्यवसायीले पर्यटकलाई सुविधा दिन नसको बताएका छन् । मानसरोवर होटेलका सञ्चालक चिन रावतले विद्युत् नहुँदा जेनरेटरबाट काम गर्नु पर्ने र त्यसबाट उपभोक्तालाई महँगो पर्ने बताएका छन् ।

केन्द्रका २१ सयभन्दा बढी ग्राहक रहेको हिल्दुम साना जलविद्युत आयोजनामा पानीको श्रोत कम भएकै कारण आयोजना २०६५ सालमा सञ्चालनमा आएदेखि नै लोडसेडिङ गर्न बाध्य भएको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ५९ बजे

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

वीरगन्ज– सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका

तराईमा तातो लहर, केही क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा

१२ दिनमा ४२२ विपद्का घटना

काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक