प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङको मारमा व्यवसायी « Khabarhub

प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङको मारमा व्यवसायी


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ देखि १८ घण्टासम्ममा लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् ।

सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको तालिका बिनाको लोडसेडिङका कारण आफूहरूको व्यवसायमा विगत १३ वर्षदेखि समस्या रहँदै आएको र अहिलेसम्ममा समाधानका लागि प्रयास नभएको बताएका हुन् ।

सिमकोटमा रहेका व्यवसायीले लोडसेडिङको तालिका समेत नहुँदा कामदारले कुन बेला विद्युत् आउला भनेर कुर्ने गरेको बताए । रलिङ फर्निचर उद्योगका सञ्चालन दशरथ रावतले हिल्दुम साना जलविद्युत आयोजनाले माग बमोजिमको विद्युत् पूर्ति गर्न नसकेको बताएका छन् ।

पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न नसकेको हिल्दुम साना जलविद्युत आयोजना कार्यालय स्रोतले जनाएको छ ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाका ७० भन्दा बढी व्यापार व्यवसाय नेपाल सरकारको इजाजत पत्र लिएर सञ्चालनमा रहेका छन् ।

हुम्ला जस्तो जिल्लाका स्थानीय नागरिकलाई सस्तो र छिटो सेवा चाहिने भएको भएता पनि लोडसेडिङका कारण आफ्ना ग्रिकलाई भनेको जस्तो सेवा दिन नसकोको र २०६५ सालबाटै आफ्नो व्यवसायले लोडसेडिङ भोग्दै आएको पानस सपिङ एण्ड डिजिटल फोटोग्राफीका सरोज रावतले बताए ।

सिजन सुरु भएपछि पर्यटकले खचाखच हुने सिमकोटका होटेल व्यवसायीले पर्यटकलाई सुविधा दिन नसको बताएका छन् । मानसरोवर होटेलका सञ्चालक चिन रावतले विद्युत् नहुँदा जेनरेटरबाट काम गर्नु पर्ने र त्यसबाट उपभोक्तालाई महँगो पर्ने बताएका छन् ।

केन्द्रका २१ सयभन्दा बढी ग्राहक रहेको हिल्दुम साना जलविद्युत आयोजनामा पानीको श्रोत कम भएकै कारण आयोजना २०६५ सालमा सञ्चालनमा आएदेखि नै लोडसेडिङ गर्न बाध्य भएको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ५९ बजे

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय