विपद्‍बाट जोगाउने टिम तयार बनाउँदै तिला गाउँपालिका « Khabarhub

विपद्‍बाट जोगाउने टिम तयार बनाउँदै तिला गाउँपालिका


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पछिल्लो समयमा विपद्‍बाट जोगिनको लागि तिला गाउँपालिकाले समुदाय स्तरमै विपद् प्रतिकार्य सम्बन्धी टिम तयार गर्न थालेको छ ।

युएस आईडीको आर्थिक सहयोग, मोर्सिकोर नेपालको समन्वय तथा किर्डाक नेपालको साझेदारीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धी चार दिने तालिममार्फत वडा र पालिका स्तरमा विपद्को सामना गर्न टिम तयारी पार्न थालिएको हो ।

समुदायका व्यक्तिलाई विपद् प्रतिकार्य गर्न समक्ष बनाउने हेतुले यो तालिम सञ्चालन गरिएको (मोर्सिकोर, नेपाल) भकारी परियोजना तथा विपद् व्यवस्थापनका सल्लाकार टिकाराम खड्काले बताए । उनले भने, ‘विपद्‍मा पहिलो जिम्मेवार समुदाय नै हुने भएकाले तिलागाउ पालिका स्तरीय यस्तो तालिम सञ्चालन गरिएको हो ।’

समुदायले खबर गरेपछि मात्र सुरक्षाकर्मी परिचालन हुने उनले बताए । त्यसैले समुदाय स्तरमा हुन सक्ने विपद्‍बाट जोगिनको लागि समुदाय नै सक्षम हुनुपर्छ भन्ने हेतुले व्यवहारिक रूपमा तालिम दिइन थालिएको हो ।

त्यस्तै तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले तिलामा पछिल्लो समय विपद्का घटना बढिरहेको बताएका छन् । विपद्का घटना एक्कासि आउनले भएकाले सामना गर्न चुनौती रहेको उनले बताइन् ।

चुनौतीसँग लड्नका लागि तिलाका वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, रेडक्रमका प्रतिनिधि, महिला युवालगायतको सहभागितामा तालिम दिइएको बताइन् ।

तालिममा कोरोनाबाट मृत्यु भएका तथा विपद्‍बाट मृत्यु भएकाको शव व्यवस्थापन, घाइतेको उद्धारका लागि प्रयोगात्मक अभ्याससमेत गराइने छ ।

विपद्‍बाट प्रभावित स्थानमा परिवार तथा बालबालिकाको जीवनरक्षाका लागि यो तालिम महत्त्वपूर्ण हुने अपेक्षा गाउँपालिकाको रहेको छ । बाढी, पहिरो तथा भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जुम्ला उच्च जोखिममा छ ।

जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपको सम्भावना बढ्दै गएको छ । यसको फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्दै आएको पाइन्छ ।

कोरोना महामारीका कारण सरकारले २५ जनाभन्दा बढी भेला नहुने आचारसंहिता बनाएको छ । जस कारण यो तालिममा २४ जनाको सहभागी रहने मोर्सिकोर नेपालले बताएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ४२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण