विपद्‍बाट जोगाउने टिम तयार बनाउँदै तिला गाउँपालिका « Khabarhub

विपद्‍बाट जोगाउने टिम तयार बनाउँदै तिला गाउँपालिका


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पछिल्लो समयमा विपद्‍बाट जोगिनको लागि तिला गाउँपालिकाले समुदाय स्तरमै विपद् प्रतिकार्य सम्बन्धी टिम तयार गर्न थालेको छ ।

युएस आईडीको आर्थिक सहयोग, मोर्सिकोर नेपालको समन्वय तथा किर्डाक नेपालको साझेदारीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धी चार दिने तालिममार्फत वडा र पालिका स्तरमा विपद्को सामना गर्न टिम तयारी पार्न थालिएको हो ।

समुदायका व्यक्तिलाई विपद् प्रतिकार्य गर्न समक्ष बनाउने हेतुले यो तालिम सञ्चालन गरिएको (मोर्सिकोर, नेपाल) भकारी परियोजना तथा विपद् व्यवस्थापनका सल्लाकार टिकाराम खड्काले बताए । उनले भने, ‘विपद्‍मा पहिलो जिम्मेवार समुदाय नै हुने भएकाले तिलागाउ पालिका स्तरीय यस्तो तालिम सञ्चालन गरिएको हो ।’

समुदायले खबर गरेपछि मात्र सुरक्षाकर्मी परिचालन हुने उनले बताए । त्यसैले समुदाय स्तरमा हुन सक्ने विपद्‍बाट जोगिनको लागि समुदाय नै सक्षम हुनुपर्छ भन्ने हेतुले व्यवहारिक रूपमा तालिम दिइन थालिएको हो ।

त्यस्तै तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले तिलामा पछिल्लो समय विपद्का घटना बढिरहेको बताएका छन् । विपद्का घटना एक्कासि आउनले भएकाले सामना गर्न चुनौती रहेको उनले बताइन् ।

चुनौतीसँग लड्नका लागि तिलाका वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, रेडक्रमका प्रतिनिधि, महिला युवालगायतको सहभागितामा तालिम दिइएको बताइन् ।

तालिममा कोरोनाबाट मृत्यु भएका तथा विपद्‍बाट मृत्यु भएकाको शव व्यवस्थापन, घाइतेको उद्धारका लागि प्रयोगात्मक अभ्याससमेत गराइने छ ।

विपद्‍बाट प्रभावित स्थानमा परिवार तथा बालबालिकाको जीवनरक्षाका लागि यो तालिम महत्त्वपूर्ण हुने अपेक्षा गाउँपालिकाको रहेको छ । बाढी, पहिरो तथा भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जुम्ला उच्च जोखिममा छ ।

जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपको सम्भावना बढ्दै गएको छ । यसको फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्दै आएको पाइन्छ ।

कोरोना महामारीका कारण सरकारले २५ जनाभन्दा बढी भेला नहुने आचारसंहिता बनाएको छ । जस कारण यो तालिममा २४ जनाको सहभागी रहने मोर्सिकोर नेपालले बताएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ४२ बजे

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय